• ट्रेण्डिङ :

६.५ किलो सेतो र ४०० ग्राम खैरो हेरोइनसहित ४ जना पक्राउ, एकजनामाथि हवाई फायर

६.५ किलो सेतो र ४०० ग्राम खैरो हेरोइनसहित ४ जना पक्राउ, एकजनामाथि हवाई फायर

cnewsnepal

आइतबार, असार २२ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


२२ असार,काठमाडौं । लागु औषध नियन्त्रण ब्यूरोले सेतो हेरोइन ६.५ किलोग्राम र खैरो हेरोइन ४०० ग्रामसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा एक जना थाई एयरवेजमार्फत बैंककबाट आएका भारतीय नागरिकसमेत रहेका छन्।

थाई एयरवेजको उडान मार्फत काठमाडौं आएका भारतको नागरिक ६५ वर्षीय राकेश वहाबलाई लागु औषध नियन्त्रण ब्यूरो, विमानस्थल शाखाबाट खटिएको टोलीले पक्राउ गरेको हो।

भारतीय नागरिक राकेश वहाब

ब्यूरोका अनुसार राकेशले आफ्नो लगेजभित्र लुकाइछिपाई ल्याएको अवस्थामा ६.५ किलो सेतो हेरोइन बरामद गरिएको हो।

रंगेलीबाट तीन जना पक्राउ, एक राउण्ड हवाई फायर

ब्यूरोको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली, मोरङ र ब्यूरोको संयुक्त टोलीले असार २२ गते दिउँसो ३ बजे मोरङ, रंगेली नगरपालिका–८ बाट थप तीन जनालाई ४०० ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार, धररिया जिल्ला कुर्साकाटा १४ टाँवाबारी घर भएकी ४५ वर्षीया हसिना खातुन, रंगेली नगरपालिका–८ का ३८ वर्षीय सुशिल बुढाथोकी, र ५४ वर्षीय कृत्तानन्द ठाकुर रहेका छन्।

प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रतिरोध गरेकाले एक राउण्ड हवाई फायरसमेत गर्नुपरेको थियो।

प्रहरी नायव उपरीक्षक तथा सह–प्रवक्ता जीवन निरौलाले भने, “लागु औषधको ओसारपसारमा संलग्न व्यक्ति जतिसुकै जालझेल गरेर आए पनि प्रहरी सजग छ। देशभित्र लागु औषध पस्न नदिन ब्यूरो निरन्तर सक्रिय छ र जथाभावी कसैलाई छुट दिइँदैन।”

पक्राउ परेकाहरूमाथि लागू औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार