• ट्रेण्डिङ :

पेस्तोल र गोलीसहित युवक नियन्त्रणमा

पेस्तोल र गोलीसहित युवक नियन्त्रणमा

cnewsnepal

बुधबार, असार २५ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२५ असार,काठमाडौं । सल्यान कपुरकोट गाउँपालिका–३, फलाटे घर भई हाल दाङको घोराही उपमहानगरपालिका–१५ स्थित बीपी चोक नजिक रहेको लोटस ट्रेनिङ सेन्टरमा तालिम लिँदै होस्टेलमा बसोबास गर्दै आएका १९ वर्षीय अजय बि.क.लाई प्रहरीले पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको छ।

वडा प्रहरी कार्यालय घोराहीमा प्राप्त विशेष सूचनाका आधारमा सोमबार साँझ करिब ६:३० बजे प्रहरी निरीक्षक सुरजसिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले बि.क. बस्दै आएको होस्टेलको कोठामा तलासी गर्दा खाटमुनि राखिएको कालो रंगको “JORDAN” लेखिएको झोलाभित्र लुकाइएको ०.३२ एम.एम.को ‘Indian Ordnance Factory’ द्वारा निर्मित पेस्तोल (क्रमांक: INGSF1902134300), सो पेस्तोलमा लाग्ने ४ राउण्ड गोली र ७ राउण्ड क्षमताको म्याग्जिन १ थान फेला पारेको हो।

प्रहरीले उक्त अवैध हतियारसहित बि.क.लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार