• ट्रेण्डिङ :

२१ वर्षपछि पक्राउ: कर्तव्य ज्यान मुद्दामा फरार विजय कुमार फोम्वो कोटेश्वरबाट पक्राउ

२१ वर्षपछि पक्राउ: कर्तव्य ज्यान मुद्दामा फरार विजय कुमार फोम्वो कोटेश्वरबाट पक्राउ

cnewsnepal

आइतबार, असार २९ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


२९ असार,काठमाडौं । ललितपुरको नखिपोटस्थित टाईटानिक रेष्टुरेन्टमा भएको कर्तव्य ज्यानको घटनामा संलग्न भइ २१ वर्षदेखि फरार रहेका विजय कुमार फोम्वो (लिम्बु) पक्राउ परेका छन्।

मिति २०६० साल कार्तिक ९ गते राति देउसी भैलो खेल्ने क्रममा टाईटानिक रेष्टुरेन्टमा भएको झगडामा प्रयोग गरिएको घातक हतियारबाट गम्भीर घाइते भएका २४ वर्षीय नोर बहादुर राउतको भोलिपल्ट, कार्तिक १० गते, उपचारको क्रममा निधन भएको थियो।

उक्त घटनामा संलग्न रहेका मदन बहादुर लिम्बुसहित ७ जनामध्ये फरार रहेका फोम्वो लामो समयदेखि काठमाण्डौंको कोटेश्वर क्षेत्रमा लुकीछिपी बस्दै आएका थिए। प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा विशेष टोलीले २०८२ साल असार २७ गते बिहान करिब ९:३० बजे उनलाई नियन्त्रणमा लिएको हो।

तेह्रथुमको आठराई गाउँपालिका–२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–९, गौशालामा बस्दै आएका ४९ वर्षीय फोम्वोलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन ललितपुर जिल्ला अदालत, लगनखेलमा पेश गरिएको छ।

प्रहरीका अनुसार बाँकी फरार अभियुक्तहरूको खोजी कार्य अझै जारी छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार