• ट्रेण्डिङ :

सुर्खेत प्रहरीले नक्कली नोट र अफिम कारोबार गरिरहेका पाँचै जनालाई पक्राउ गरी सार्वजनिक

सुर्खेत प्रहरीले नक्कली नोट र अफिम कारोबार गरिरहेका पाँचै जनालाई पक्राउ गरी सार्वजनिक

cnewsnepal

बुधबार, असार ३२ २०८२
पढ्न लाग्ने समय: < २ मिनेट


जिल्ला प्रहरी कार्यालय सुर्खेतले दुई दिनको अवधिमा यो समूहका पाँच जना सदस्यलाई पक्राउ गरेको छ। उनीहरूमध्ये एक जना मिडिया हाउस सञ्चालकसमेत रहेका छन् ।

पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका-५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी, ३३ वर्षीय रामबहादुर सिंह, कुशे घर भई सुर्खेत भेरीगंगा-१२ बस्दै आएका ३५ वर्षीय रामबहादुर वली, सोही ठाउँका ३८ वर्षीय प्रेमबहादुर विक छन् ।

यसक्रममा प्रहरीले कालीकोट नरहरीनाथ गाउँपालिका-४ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका-११ बस्दै आएका ३४ वर्षीय मनबहादुर सहकारीलाई पक्राउ गरेको छ। सहकारी बाँकेमा जनगर्जन नेटवर्क प्रालि नामक मिडिया सञ्चालन गरेर बस्दै आएको पत्ता लागेको छ ।

सुर्खेत प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी नक्कली नोट र अफिम कारोबार गरिरहेका पाँचै जनालाई पक्राउपछि सार्वजनिक गरेको छ ।

प्रहरी कारबाहीमा पक्राउ परेकाबाट १२ लाख ९३ हजार रुपैयाँ नक्कली नोट र ३० किलो ६७२ ग्राम अफिम बरामद भएको छ ।

सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार सुरूमा असार ३० गते बिहान १:३० बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० स्थित शान्तिटोलमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले दिलमायालाई पक्राउ गरेको थियो ।

उनको साथबाट एक हजार दरका ६ थान नक्कली नोट बरामद गयो। प्रारम्भिक अनुसन्धानमा उनी नक्कली नोटको कारोबारमा संलग्न रहेको खुलेको थियो ।

त्यही दिन प्रहरीले साँझ ६ बजे दिलमायाकै डेराबाट जाजरकोटकै ३३ वर्षीय रामबहादुरलाई पक्राउ गर्‍यो। डेराबाट एक हजार दरका १ हजार २३६ थान नक्कली नोट कुल १२ लाख ३६ हजार रुपैयाँ बरामद गरिएको शाहीले बताए ।

त्यसै दिन राति १० बजे प्रहरीले गिरोहमा संलग्न थप दुई व्यक्ति ३५ वर्षीय कृष्णबहादुर र ३८ वर्षीय प्रेमबहादुरलाई प्रहरीले पक्राउ गर्‍यो। उनीहरू हाल सुर्खेतको भेरीगंगा नगरपालिका-१२ ठकुरी टोलमा डेरा गरी बस्दै आएका थिए ।

उनीहरूको कोठा खानतलासी गर्दा कालो झोलाभित्र राखिएको ११ किलो ३७२ ग्राम अफिम बरामद बरामद भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार