३ असार,काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–११ स्थित एकता बस्तीबाट प्रहरीले १३ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग बलम्बुको टोलीले बिहीबार ४२ वर्षीय साइला गोलेले भाडामा लिएको कोठामा सञ्चालित जुवा खालबाट आरोपीहरूलाई पक्राउ गरेको हो ।
जुवा खालबाट १ लाख २८ हजार नगद र ३ बुक तास बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिए । उनीहरू विरुद्ध जिल्ला प्रशासन कार्यालयबाट ४ दिनको म्याद लिएर प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार