• ट्रेण्डिङ :

जेनजि आन्दोलनमा क्षतिग्रस्त भक्तपुर जगाती प्रहरी वृत्तको भवन पुनर्निर्माण गरी एआईजी दानबहादुर कार्कीमार्फत नेपाल प्रहरीलाई हस्तान्तरण

जेनजि आन्दोलनमा क्षतिग्रस्त भक्तपुर जगाती प्रहरी वृत्तको भवन पुनर्निर्माण गरी एआईजी दानबहादुर कार्कीमार्फत नेपाल प्रहरीलाई हस्तान्तरण

cnewsnepal

मंगलबार, कार्तिक ४ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


जेनजि आन्दोलनका क्रममा पुर्ण रुपमा क्षति भएको भक्तपुरको प्रहरी वृत्त जगातीको भवन स्थानीयहरुको सहकार्यमा पुननिर्माण भई नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको छ ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई हस्तान्तरण भएको हो।

भदौ २४ गते आगजनी र तोडफोडबाट कार्यालय भवनमा क्षति पुगेपछि सेवा प्रवाहमा समस्या शृजना हुँदै आएको थियो ।

क्षतिग्रस्त भवन छोटो समयमै पुनः निर्माण भई प्रहरीलाई हस्तान्तरण भए लगत्तै जागाति प्रहरीले आफ्नै भवनबाट सेवा सुचारु गरेको छ ।

यस सङ्गै उपत्यका प्रहरी प्रमुख एआईजी दान बहादुर कार्कीको सक्रियतामा उपत्यकाका १७९ वटा क्षतिग्रस्त कार्यालय भवनहरुको पुनः निर्माण कार्य सम्पन्न भई सेवा प्रवाह सुचारु भईसकेका छन ।

तस्बिरहरू 

प्रतिक्रिया
सम्बन्धित समाचार