• ट्रेण्डिङ :

धनुषामा वडा अध्यक्ष बिन्देश्वर यादवको गोली हानी हत्या, प्रहरीकै एक जवान संलग्न भएको खुलासा

धनुषामा वडा अध्यक्ष बिन्देश्वर यादवको गोली हानी हत्या, प्रहरीकै एक जवान संलग्न भएको खुलासा

cnewsnepal

शुक्रबार, कार्तिक २८ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । धनुषाको मिथिला विहारी नगरपालिका–९ का वडाध्यक्ष बिन्देश्वर यादवलाई गोली हानी हत्या गरिएको छ। आज साँझ ६ बजे घरमै बसिरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो।

जिल्ला प्रहरी कार्यालय धनुसाका प्रमुख एसपी रूगंम कुँवरले घटनाको पुष्टि गर्दै भने,“गाउँमा केही समयअघि दुई समूहबीच विवाद भएको थियो। त्यतिबेला वडाध्यक्षले दुवै पक्षलाई सम्झाएका थिए। सोही रिसिबीका कारण गाउँकै युवाहरूले घरमै आएर गोली हानेर हत्या गरेका हुन्।”

प्रहरीका अनुसार गोली हान्ने समूहमा प्रहरीमा कार्यरत शम्भु यादव संलग्न रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। हत्या आरोपमा शम्भु यादवलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

एसपी रुंगम कुँवरले भने,“घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ। थप व्यक्तिहरूको संलग्नता पनि देखिएकाले अनुसन्धान तीव्र बनाइएको छ। घटनामा प्रहरीका एक जवानको समेत संलग्नता देखिएको प्रारम्भिक जानकारी आएको छ।”

उनका अनुसार घटनास्थलबाट केही प्रमाण तथा गोलीका खोल बरामद भएको र हत्यामा प्रयोग भएको हतियारको बारेमा खोजी भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार