• ट्रेण्डिङ :

पेस्तोल सहित तीन जना पक्राउ

पेस्तोल सहित तीन जना पक्राउ

cnewsnepal

मंगलबार, मंसिर १६ २०८२
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, १६ मंसिर : काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट पेस्तोल १ थान सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-११ सुन्धारा बस्ने दार्चुला दुहुँ गाउँपालिका-४ घर भएका १९ वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर, काठमाडौं महानगरपालिका-१८ भुरूङखेल बस्ने सोही महानगरपालिका-१४ कलंकी घर भएका २८ वर्षीय रसिल जोशी र काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३१ वर्षीय विराट प्रसाद जोशी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।

साथै पक्राउ मध्ये रसिल उपर प्रहरी वृत्त स्वयम्भूबाट लागूऔषध मुद्दा दर्ता भई गत भदौ २४ गते हिरासतबाट भागी फरार भएको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार