हिरासत कक्षबाट फरार वाइवा पक्राउ

२७ साउन, काठमाडौं । प्रहरी हिरासतबाटै फरार भएका चोरी मुद्धाका २१ वर्षीय सुकुलाल वाइवालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख उत्तम राज सुवेदीका अनुसार महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीको टोलीले बौद्ध दक्षिण ढोकाबाट उनलाई पक्राउ गरिएको वताए ।

काठमाडौं टोखा बस्ने मकवानपुर थाहा नगरपालिका सिस्नेरी–६ घर भएका वाइवा गत साउन २५ गते बिहान महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासत कक्षबाट फरार भएका थिए ।

वाइवाले हिरासत कक्षको झ्यालको रड ह्याक्सो ब्लेडले काटेर फरार भए पछि प्रहरीले खोजी कार्य तिव्र वनाएको थियो ।