काठमाडौं ।महानगरीय प्रहरी परिसर काठमाडौंकाे टाेलीले एटीएम प्रयोग गरेर पैसा निकाल्ने ५ जना चाइनीज नागरिक पक्राउ गरेकाे छ ।
नबिल बैङ्कको एटीएम प्रयोग गरेर पैसा निकाल्न सक्रिय ५ जना चाइनीज नागरिक पक्राउ गरिएकाे हाे ।
परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले उनीहरुलाई दरबारमार्गबाट पक्राउ गरेको छ ।
पक्राउ परेका बताएकाेे व्यत्तिहरू भदौ १३ गते साँझ नेपाल आएको प्रहरीको अनुसन्धानबाट खुल्न आएको एक प्रहरी अधिकारीले बताए ।
नबिल बैङ्कबाट पैसा निकाल्दै गरेको अवस्थामा सो समूहका सुरुमा एक जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा बाँकी ४ जनाको पनि संलग्ता देखिएपछि उनीहरु दरबारमार्गस्थित माया मनोहर होटलबाट पक्राउ परेकाे जानकारी दिए ।
- उनीहरुको साथबाट १ करोड २६ लाख नेपाली रुपैयाँ र १० हजार युएस डलर समेत बरामद गरेको छ ।
पक्राउ परेका ५ जनालाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।