• ट्रेण्डिङ :

नागढुङ्गावाट लागुअाैषध सहित दुई पक्राउ थप एक कंलकीवाट

नागढुङ्गावाट लागुअाैषध सहित दुई पक्राउ थप एक कंलकीवाट

cnewsnepal

बुधबार, असोज १ २०७६
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं १ असाेज छुट्टाछुट्टै चेकजाँचकाे क्रममा नागढुङ्गावाट प्रतिबन्धित लागुअाैषध सहित ३ जनालाई पक्राउ गरेकाे छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चन्द्रागिरि २ स्थित चेकपोस्टमा चेक जाँच गर्ने क्रममा २ जनालाई र एक जनालाई कंलकी वाट पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापका अनुसार बिर्तामोडबाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ५ ख ४९१३ नम्बरको बसवाट जिल्ला झापा बिर्तामोड ६ घरका शंकर राजवंशीलाई
लागु औषध खैरो हेरोईन ३०.९० ग्राम सहित पक्राउ गरिएको बताए ।

बृत्त प्रमुख थापाका अनुसार धरानबाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ६ ख ९४७९ नम्बरको बसवाट जिल्ला सुनसरी धरान उपमहानगरपालीका वडा नं. ७ का वर्ष २६ को आशिष श्रेष्ठलाई लागु औषध डाइजेल्याब -९ एम्पल,लुपिजेसिक-९ एम्पल र फेनिरामाईन-९ एम्पल गरी जम्मा २७ एम्पल र ५ थान सिरिन्ज सहित नियन्त्रणमा लिएकाे जानकारी दिए ।

थानकोट प्रहरीले अनुसन्धानकाे क्रममा उक्त लागु औषध को-कस्लाई दिनको लागि लिई आएको हो भनि सोधपुछ, गर्दा आषिश श्रेष्ठले बरामद लागु औषध, जिल्ला सुनसरी धरान उपमहानगरपालीका वडा नं. १५ घर हुने वर्ष २६ को प्रकाश तामाङले मगाएको देखिए पछि तामाङलाई दिनको लागि लिई आएको हो भनि बताएकोले आषिश श्रेष्ठलाई साथमा लिई गई प्रकाश तामाङको खोजतलास गर्दै जाने क्रममा तामाङलाई कलंकी स्थित आषिश श्रेष्ठले लिई आएको लागु औषध डाइजेल्याब एम्पल समेत लिन भनि आई कुरीरहेको अवस्थामा पक्राउ गरेकाे खुल्न अाएकाे छ ।

पक्राउ परेका तिनै जना विरूद्व लागुअाैषध एेनमा म्याद थप गरि अनुसन्धान सुरू गरिएकाे थानकोट प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार