कपनको तेन्जिङ चोकमा कमला केसी नाम गरेेेकी महिलाको हत्या भएको छ ।
तेन्जिङचोकमै किराना पसल सञ्चालन गर्दै आएका कपिलवस्तुकी कमला केसीको रहस्यमय मुत्यु भएकाे हाे । कमलाकाे हात र मुख बाधेर हत्या भएको हुुुन सक्नेे प्रहरीले बताएको छ । कमलाकाे रहस्यमय हत्याका बिषषमा अनुसन्धान सुरू गरिसकेकाे महानगरीय प्रहरी वृत्त बोद्धका प्रमुख डिएसपी रमेशबहादुर सिंहले जानकारी दिए ।
केसीले कपिलवस्तु बस्ने श्रीमानसँग सम्बन्ध विच्छेद गरेर अहिले अर्कैसँग बस्ने गरेको खुलेको डिएसपी सिंहले बताए । कमला हत्याको आशंकामा प्रहरीले २ जनालाई नियन्त्रमा लिएको जनाएको छ ।