काठमाडौँ, २२ असोज । नेपाल प्रहरीले रु दुई लाख १४ हजार नगदसहित ११ जना जुवाडे पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ गोँगबुमा रहेको पूर्ण लिम्बुको कोठामा जुवा खेलिरहेको अवस्थामा आज साँझ उनीहरुलाई पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक उमेश लम्सालले ठूलो नगद हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।
प्रहरीले पक्राउ परेकासँग तास र नगद रु दुई लाख १४ हजार बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार