महाराजगञ्ज प्रहरीको कर्डन एण्ड सर्च अप्रेशनमा ३२ जना समातिए

३ कात्तिक काठमाडौं । महानगरीय प्रहरी बृत महाराजगञ्जले बिशेष अप्रेशन सञ्चालन गरेर ३२ जनालाई नियन्त्रणमा लिएको छ । एरियामा सञ्चालित महाराजगञ्ज प्रहरीले कर्डन एण्ड सर्च अप्रेशनमा ३२ जनालाई नियन्त्रणमा लिइएको हो ।

महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालका अनुसार शंकास्पद र गैरकानूनी गतिविधिमा संग्लग्न १४ महिला र १८ पुरुष गरी ३२ जनालाई नियन्त्रणमा लिइएको पुष्टि गर्नुभयो । डिएसपी लम्सालले भन्नुभयो ‘जित बहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा नगद २ लाख ४ हजारसहित ९ जनालाई नियन्त्रणमा लिएका छौं । त्यस्तै बागलुङ जिल्लाका बागलुङ नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका–३ टिचिङ अस्पताल पछाडि कान्ति मार्गमा किराना पसल सञ्चालन गर्दै आएकी ३२ वर्षीया गीता शर्मा ३२ प्याकेट पटाकासहित नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेका छौं ।’

महानगरीय प्रहरी बृत्त महाराजगञ्जले यसअघि चोरी तथा लुटपाट गर्ने, भन्सार छलि लगायत अपराधिक क्रियाकलापमा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्इक कारवाही गरिसकेको छ ।