नागढुगांवाट लागुऔषध सहित ४ पक्राउ

काठमाण्डौं १० कार्तिक    महानगरीय प्रहरी प्रभाग नागढुङगाले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरि २ स्थित चेक प्वाईन्टमा काँकडभित्ता बाट काठमाण्डौँ तर्फ आउँदै गरेको ना ७ ख ७७३० नम्बरको बसवाट दुई जना र एकलाई चन्द्रागिरी न।पा १५ ढुंगेअड्डावाट पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख डिएसपी कुमार विक्रम थापाले जिल्ला उदयपुर त्रियुगा न।पा ११ घर हुुने वर्ष २४ को लक्ष्मण तामाङ्ग र सोही वसमा आएका जिल्ला मोरङ्ग कानेपोखरी गाउँपालिका वडा नं। ५ घर हुुने वर्ष २४ को प्रकाश मगर लाई पक्राउ गरेपश्चात सोधपुछ गर्ने क्रममा मगरले बरामद लागु औषध जिल्ला भक्तपुर भक्तपुर न।पा वड नं। ४ घर हुने वर्ष २६ को ईन्द्र बहादुर कपालिले मगाएको हुँदा ईन्द्र बहादुर कपालिको खोजतलास गर्दै जाने क्रममा का।जि चन्द्रागिरी न।पा १५ ढुंगेअड्डा स्थित लक्ष्मण तामाङ्गको झोला भित्र बाट बरामद लागु औषध लिन आई सडक छेउमा कुरी रहेको अवस्थामा ईन्द्र बहादुर कपालि पक्राउ गरिएको बताए ।

त्यस्तै डिएसपी थापका अनुसार उनीहरुको साथवाट लागु औषध नाईट्राभेट ५५४ ट्याब्लेट र ४ क्याप्सुल स्पास पोक्रन बरामद भएको छ ।

त्यस्तै बुटवल बाट काठमाण्डौँ तर्फ आउँदै गरेको लु २ ख ३८९ नम्बरको बस चेक जाँच गरी सोही बसमा जिल्ला काभ्रे पनौति नगरपालिका वडा नं। १० घर हुुने वर्ष २४ को रविन थापालाई लागु औषध फेनारगन १४५ एम्पल, डाईजेपाम १२० एम्पल र नुफिन ९६ एम्पल सहित पक्राउ गरएको छ ।

महानगरीय प्रहरी बृत्त थानकोटले पक्राउ परेका विरुद्ध लागुऔषध ऐन २०३३ अन्र्तगत मुद्धा चलाईने जनकारी दिएको छ र