काठमाण्डौ दहचोक वासीको पुर्वी तराईको लागि सहयोग संकङलन

चैत २२
काठमाण्डौ । पूर्वी मधेशमा महाविनाशकारी हावाहुरीले ठूलो जिउ धनको क्षति पुर्याए पछि राहात स्वरुप विभिन्न निकायहरुले सहयोग जुटन थालेको छ ।
वारा र पर्साका भिषण आँधीबेहरी र हुरि बतास पिडितहरुका लागि चन्द्रगिरि नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष राजेन्द्र केसी सहित स्थानिय राजनितिक दलका प्रतिनिधि,समाज सेवी सहितको टोलीले मधेशका हावाहुरी पिडितको उद्दारका लागि चन्दा संकलन गर्न सडकमा उत्रिए ।
चन्द्रगिरि नगरपालिका वडा नम्वर १ दहचोकको अगुवाईमा चैत १७ गते आएको हावाहुरीबाट बारा र पर्सा जिल्लाका पीडितहरुको उद्दारमा दहचोकवासी सृजना चोकमा उत्रिए । दहचोक सृजना चोक वाट सुरु गरिएको राहात संकलन, मिलन चोक,चिसापानी खहरे पुगेर स्तगन भएको हो ।
चन्द्रगिरि जनगरपालिका वडा नम्वर १का अध्यक्ष राजेन्द्र केसी भन्छन ‘विपद्को घाउ पूर्व, पश्चिम जता लागे पनि दुखाई सबैतिर हुँदोरहेछ । बढि दुखाई पूर्वी तराईवासीमा भएकोले मलमपट्टिका रुपमा सहयोग संकलनमा सक्रिय भएका हौं ।’

तत्कालिन दहचोक गाँउ विकास समितिका अध्यक्ष हरिशरण थापाले दहचोकवासीबाट १ लाख ३६ हजार ५ सय १५) संकलन भएकोर र सल्लाह गरेर प्रभावित व्यक्ति वा प्रदेश २ का मुख्यमन्त्री कोषको खातामा पठाईने वताए ।