मादक पदार्थ सेवन गरी सवारी हाँक्ने २ जना चालक पक्राउ

२० फागुन काठमाडौ  प्रहरीले मादक पदार्थ सेवन गरी सवारी हाँक्ने २ जना चालक पक्राउ गरि मुद्दा चलाएकाे छ ।

दिउसै मापसे गरि र नसालु पदार्थ सेवन गरि सवारी साधन चलाउने चालक विरूद्ध विशेष अभियान अन्तर्गत महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नाँगढुंगाबाट खटिएको प्रहरी टोलिले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने दुई चालकलाई पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले
चन्द्रागिरि नगरपालिका वडा नं. १५ ढुंगेअड्डास्थित सडकखण्डमा थानकोटबाट कलंकीतर्फ जाँदै गरेको बा ११ च ९१६५ नम्बरको गाडीका सवारी चालक धादिङ धुनिवेशी नगरपालिका वडा नं. ०४ घर भई कंलकी १४ बस्ने बर्ष २० को आकाश घिमिरे र कलंकीबाट धादिङ तर्फ आईरहेको से १ ख ७१२ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्ने उक्त ट्रक चालक जि. धादिङ गल्छी गा.पा.वडा नं. ०७ बस्ने वर्ष ३४ को योगेन्द्र खड्काले मादक पदार्थ सेवन गरी चलाएकाेले पक्राउ गरिएको बताए ।

मापसे गरी सवारी हाँक्ने उपर मुलुकी अपराध संहिता २०७४ बमोजिम आवश्यक अनुसन्धान भैरहेको थानकोट प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटले यस क्षेत्रमा मापसे गरी सवारी चलाउने चालकहरू पौषमा ८ जना, माघमा ५ जना र फाल्गुनमा ४ जना विरूद्द मुलुकी अपराध संहिता २०७४ बमोजिम अनुसन्धान तथा कार्वाही गरेको छ ।