चन्द्रगिरि नगरपालिकाले ६ जना सञ्चार कर्मि र ३ जना सुरक्षा कर्मिहरुलाई सम्मान

काठमाडौमा लागु औषध नियन्त्रणमा महत्वपुर्ण भूमीका पु¥याएको भन्दै प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा र देशको आर्थिक ,सामाजिक र सांस्कृतिक समुन्नतिमा योगदान पुयाए वापत अनलाईन खवर डट कमका संवाददताता गोरब पोखरेल, अच्युत रेग्मी लगायत लाई सम्मान subtitle

 काठमाडौमा लागु औषध नियन्त्रणमा महत्वपुर्ण भूमीका पु¥याएको भन्दै प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापा र देशको आर्थिक ,सामाजिक र सांस्कृतिक समुन्नतिमा योगदान पुयाए वापत अनलाईन खवर डट कमका संवाददताता गोरब पोखरेल, अच्युत रेग्मी लगायत लाई सम्मान

८ वैशाख, काठमाडौं ।
चन्द्रागरि नगरपालीकाले सुरक्षाकर्मि र सञ्चारकर्मिलाई समानित गरेको छ । चन्द्रागिरीको सर्वाङ्गीण विकास र जगेर्ना गरौं, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरीको पहिचान बढाऔं,’ भन्ने मूल नाराका साथ सुरु भएको दोस्रो चन्द्रागिरी महोत्सबको अवसरपारी ६ जना सञ्चार कर्मि र ३ जना सुरक्षा कर्मिहरुलाई सम्मान गरिएको हो ।

चन्द्रागिरी नगरपालिका र देवदर्शन मिडिया प्रालिको आयोजना तथा प्रदेश नं ३ सरकार, जिल्ला विकास समन्वय समिति काठमाडौँको सह–आयोजनामा सम्पन्न भएको दोश्रो चन्द्रगिरि महोत्सवको अवसरपारी चन्द्रगरिका मेयर घनश्याम गिरीले सम्मान गरेका हुन ।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापालाई नेपाल प्रहरी सेवामा लागेदेखिनै समाजमा शान्ति सुब्यवस्था र अमन चयन कायम गर्न र अविछिन्न रुपमा प्रहरी संगठनमार्फत देश र नागरिकको हितका खातिर आफ्नो जीवनको उर्वर समय, उर्जा तथा सिर्जनशीलता अर्पण गर्र्दै प्रहरी संगठनमा रहेर देश र नागरिकको सेवा तथा संगठनको श्रीबृद्धि तथा काठमाडौमा लागु औषध नियन्त्रणमा महत्वपुर्ण भूमीका पु¥याएको भन्दै चन्द्रगिरी नगरपालिकाले सम्मान गरेको हो ।

त्यस्तै महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी निरीक्षक शंखर खड्का ,महानगरीय ट्राफिक प्रहरी प्रमुख केशव राज भट्टलाई चन्द्रगिरिको शान्ति सुरक्षामा अपराध न्युनिकरण तथा ट्राफिक जनचेतनामा पुयाएको योग्दानको कदर गर्दे सम्मान गरेको छ ।

सोही अवसरमा चन्द्रगिरीका नगरप्रमुख घनश्याम गिरीले लामो समय देखि पत्रकारीता क्षेत्रमा क्रियाशिल रहि समाजिक रुपान्तरणको साथै देशको आर्थिक ,सामाजिक र सांस्कृतिक समुन्नतिमा योगदान पुयाए वापत अनलाईन खवर डट कमका संवाददताता गोरब पोखरेल, राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता विष्णु नेपाल, राष्ट्रिय समाचार समितिकाका समाचारदाता अच्युत रेग्मी, एविसी टेलिभिजनका व्युरो प्रमुख रविन्द्र पौडेल, रातोपाटी डट कमका कुवेर राज गिरी, कपन अनलाईनका बिकल साप्कोटा लाई सम्मानित गरिएको हो ।