अवैध लागूऔषध गाँजा र प्रतिबन्धित जरायोको सिङ सहित पक्राउ

पर्सा, १० वैशाख पर्सा प्रहरीले अवैध लागूऔषध गाँजा र १ थान जरायोको सिङ सहित एक जनालाई पक्राउ गरेको छ ।पटेर्वा सुगौली गाउँपालिका(१ का ३९ वर्षीय उमेश सहनीलाई अवैध लागूऔषध गाँजा करिव ७० किलो र प्रतिबन्धित जरायोको सिङ १ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालयको अनुसार बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सहनीको घरमा खानतलासी गर्दा उक्त परिमाणको गाँजा र जरायोको सिङ सहित फेला पारी सहनीलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै प्रहरी बीरगंज महानगरपालिका(१२ मुरलीबाट करिब १० किलो चरेश गाडिएको अवस्थामा फेला पारेको छ । प्रहरी प्रधान कार्यालका अनुसार बालबालिकाहरु नुहाउन गएको अवस्थामा उक्त लागूऔषध फेला पारी प्रहरीलाई खबर गरे पश्चात प्रहरीले बरामद गरेको थियो ।