• ट्रेण्डिङ :

नेपाली पोर्न साइट सञ्चालक श्रेष्ठ साइबर ब्युरोकाे नियन्त्रणमा

नेपाली पोर्न साइट सञ्चालक श्रेष्ठ साइबर ब्युरोकाे नियन्त्रणमा

cnewsnepal

सोमबार, असार २९ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


२९ असार, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युराेले नेपाली पोर्न साइट सञ्चालकलाई पक्राउ गरेको छ।

१७ वर्षिय बालिकाकाे भिडियो बनाई पोर्न साइटमा अपलाेड गरेपछि बालिकाकाे उजुरीका आधारमा साइबर ब्युरोका प्रहरीले राजधानीको गोंगबुबाट एक युवकलाई पक्राउ गरेको हाे ।

प्रहरीकाे साइबर ब्युरोकाे अनुसार पक्राउ पर्ने गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठ रहेका छन् ।

साइबर ब्युरोका सह–निर्देशक नविन्द अर्यालका अनुसार श्रेष्ठले अश्लील भिडियो बनाई कुनै साईडमा पाेष्ट गर्ने गरेकाे र
विदेशबाट वेबसाइट होस्टिङ गरेर नेपाली अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोग पक्राउ गरिएको बताए ।

पक्राउ परेका श्रेष्ठमाथि विद्युतीय कराोबार ऐन २६३ काे परिच्छेद ९ अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान थालिएको अर्यालकाे भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार