• ट्रेण्डिङ :

यातायात व्यवस्था कार्यालय क्षेत्रमा सेवाग्राहीलाई हैरानी दिने ४ जना पक्राउ

यातायात व्यवस्था कार्यालय क्षेत्रमा सेवाग्राहीलाई हैरानी दिने ४ जना पक्राउ

cnewsnepal

बिहिबार, साउन १ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


१ असार काठमाडौं ।महानगरीय प्रहरी वृत थानकोट यातायात व्यवस्था कार्यालय क्षेत्रमा सेवाग्राहीलाई हैरानी दिने ४ जना पक्राउ गरेकाे छ ।

चन्द्रागिरि नगरपालिका वडा नं १० गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय क्षेत्रमा यातायात कार्यालय जाने सेवाग्राहीलाई छिटो काम सम्पन्न गरिदिन्छु भनी सार्वजनिक सडकमै सर्वसाधरण सेवाग्राहीलाई हैरानी दिने ४ जना ब्यक्तिलाई पक्राउ गरेको हाे ।

महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठका अनुसार पक्राउ पर्नेमा ओखलढुंगा चम्पादेवी गा.पा. वडा नं.०४ घर हुने बर्ष ३० को पुष्कर कटुवाल, धनुषा हरीहरपुर गा.पा. वडा नं. ०७ घर हुने बर्ष ३० को बिमल लामा, धादिङ बेनीघाट रोराङ गा.पा. वडा नं.०६ घर हुने बर्ष २६ को बिनोद पुलामी, लम्जुङ मर्स्याङदी गा.पा. वडा नं.०२ घर हुने बर्ष २६ को उज्जवल गुरुङ रहेका छन ।

उनीहरूलाई सेवाग्राहीहरुसँग कमिशन रकम माग गरीरहेको अवस्थामा फेला पारी पक्राउ डिएसपी घनश्याम श्रेष्ठले बताए ।

पक्राउ परेका व्यक्तिहरू उपर मुलुकी अपराध संहिता २०७४ बमोजिम अनुसन्धान कार्य भईरहेको थानकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार