• ट्रेण्डिङ :

” नक्कली नोट सहित ३ जना मानिस पक्राउ”

” नक्कली नोट सहित ३ जना मानिस पक्राउ”

cnewsnepal

शनिबार, साउन ३ २०७७
पढ्न लाग्ने समय: < २ मिनेट


बारा, ३ साउन ।प्रहरीले नक्कली नोट सहित ३ जना ब्यक्तिलाई पक्राउ गरेकाे छ ।

लागु औषध खरिद बिक्रि, संचय र ओसारपसार कार्य गर्दछन भन्ने विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त टोलीले नक्कली नोट सहित ३ जना ब्यक्तिलाई पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कृष्ण पंगेनीले
उनिहरूलाई खोजतलाश गर्दै जाँदा जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.२ स्थित बरियारपुर चोकमा नक्कली नाेट सहित नियन्त्रणमा लिईएकाे बताए  ।                                                                    j

एसपी पंगेनीका भने,” उनिहरूकाे साथवाट झोला खानतलासी गर्ने क्रममा नक्कली नेपाली नोट १०००/- दरको १४६५ थान, १००/- दरको ७४६ थान, नक्कली भारतीय नोट ५००/- दरको २८४ थान, ५०/- दरको ७०६ थान सहित पक्राउ गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको छ ।”

नक्कली नाेट सहित जिल्ला बारा आदर्शकोतवाल गा.पा.वडा नं. ६ बस्ने वर्ष ३० को नरेन्द्र प्रसाद कुशवाहा ,सिम्रौनगढ नगरपालिका वडा नं.५ बस्ने वर्ष २६ को मनोज कुमार साह तेली, भारत बिहार मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया वडा नं. १० बस्ने वर्ष २५ को सुधिर कुमार कुशवाहा रहेकाे जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार