१४ साउन काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्सा विरगंजले अवैध लागुऔषध सहित एकजनालाई पक्राउ गरेकाे छ ।
जिल्लाबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१२ गण्डक चोक स्थितबाट जिल्ला बाराबाट लागुओषध सहित एकजनालाई पक्राउ गरेकाे हाे ।
प्रहरीका अनुसार विश्रामपुर गा.पा.वडा नं.५ इटियाही बस्ने बर्ष १९ को शेख अजादलाई पक्राउ गरेकाे जनाएको छ ।
अजादकाे साथवाट लागु औषध नुर्फिन २ सय एम्पुल फेनारगन २ सय एम्पुल र डाइजेपाम २ सय एम्पुल गरी कुल ६०० एम्पुल फेला परेको छ ।
उनलाई नियन्त्रणमा लिई लागुअाैषध एेन अनुसार आवश्यक अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार