चोरीमा संलग्न दाजु बहिनीसहित ४ जना पक्राउ

सुभेन्द्र दास   २२  भाद्र सप्तरी।सप्तरी प्रहरीले नगर क्षेत्रमाचोरीमा संलग्न एक कुख्यात चोरसहित अन्य तीनजनालाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कुख्यात चोर राजविराज ४ निवासी सैनीभनिने २८ वर्षीय सनियाँ मण्डल र  उनको २४ वर्षीया बहिनी ज्योति, सोही वडा बस्ने २२ वर्षीय मो. समिम अन्सारी तथा रुपनी गाउँपालिका ४ बस्ने २६ वर्षीय लालमहम्मद राइन् छन् ।
प्रहरी सक्रिय भएपछि पछिल्लो पटक राजविराज ७ स्थित एक पसलमाचोरी गरेको ८ घण्टा नबित्दै उनीहरुलाई सोमबार साँझपक्राउगरिएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
घटना विवरण अनुसार राजविराज ७ स्थित हटियामा रहेको गणेश किराना स्टोर्स पसलमा सोमबार बिहान ४ बजेतिर सटर फोडेर नगद ४ लाख, १ लाख ५० हजारको रिचार्ज कार्ड तथा केही किराना सामान चोरेर लगेपछि पसल संचालक ओम प्रकाश साहद्वारा प्रहरी समक्ष उजुरी परेको थियो ।
बिहान ८ बजे प्रहरी निरिक्षक सन्तोष खडकाको नेतृत्वमा खटिएको टोलीले पसलमा जडान गरिएको सिसि क्यामराको फुटेजको आधारमा अनुसन्धानगर्दै जाँदा साँझ७ बजे सफलतामिलेको प्रहरीको भनाई छ ।
चोरीमा संलग्नमुख्यनाइके सनिया मण्डल पक्राउ परेपछि उनले दिएको बयानको आधारमाप्रहरीले राजविराज २ मामदिरा पसल संचालनगर्दै आएकीउनकीबहिनी ज्योति, होटलका कामदार मो. समिम र रुपनीगाउँपालिकाकालालमोहम्मदलाई पनि नियन्त्रणमा लिइएको थियो । लालमोहम्मदले चोरीमा सघाएका थिएभने ज्योति र समिमले चोरीको रकम र सामानलुकाउन सघाएको प्रहरी उपरिक्षक धमलाको भनाई छ ।
साहको पसलबाट चोरी गरिएका ४ लाख रुपैयाँमध्ये ३ लाख ५९ हजार २ सय ९५ रुपैयाँ ज्योतिमदिरा पसलभित्रै माटोमुनी गाडेको र खेलौना भित्रलुकाइराखेको अवस्थामाप्रहरीले बरामद गरेको छ । यस्तै चोरी गरिएका १ लाख ५० हजार रुपैयाँको रिचार्ज कार्ड मध्ये ५० हजार ५० रुपैयाँको रिचार्ज कार्ड पनि सोही होटलबाट बरामदगरिएको छ । बाँकी रकम र रिचार्ज कार्ड कहालुकाएको भन्ने विषयमा सोधपुछ भइरहेको प्रहरीको भनाई छ ।
यसअघि नगर क्षेत्रमाभएकादर्जनौं चोरीका घटनामा समेत उनीहरुको संलग्नता रहेको बारे थप अनुसन्धानभइरहेको जिल्लाप्रहरी कार्यालय सप्तरीले जनाएको छ ।