• ट्रेण्डिङ :

करणी मुद्दा लगायत विभिन्न मुद्दाका फरार अभियुक्त इलाम प्रहरी द्धारा पक्राउ

करणी मुद्दा लगायत विभिन्न मुद्दाका फरार अभियुक्त इलाम प्रहरी द्धारा पक्राउ

cnewsnepal

मंगलबार, असोज ६ २०७७
पढ्न लाग्ने समय: < २ मिनेट


६ असाेज ,इलाम । जिल्ला प्रहरी कार्यालय इलामले जबरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्तहरूलाई पक्राउ गरेको छ ।
प्रहरीको बिशेष टोलीले जिल्ला झापा साधुहाेली जंगलमा करणी गरि फरार रहेका इलाम जिल्ला चुलाचुली गाउँपालिका–३ बस्ने ३० वर्षिय मिलन राई भन्ने अनिश राई साेही स्थान बस्ने बर्ष ३१ काे जित कुमार राई भन्ने निश्चल राईलाई पक्राउ गरेको हो ।
२०६४ सालमा झापा साधुहाेली जंगलमा एक महिलालाई सामुहिक जवरजस्ती करणी गरेर तीन जना फरार रहेकाहरू मध्य दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रबक्ता प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताए ।
उनिहरूलाई जिल्ला अदालत इलामले २०६७ साल फागुन ११ गते ११ वर्ष १ महिना १५ दिन कैद र जनही २१ हजार सजाय ताेकेकाे थियाे । सामुहिक करणीमा एक जना जिल्ला कारागारमा कैद भुक्तान गरि रहेकाे र एक जना अझै फरार भएकाकाे खाेजी गरिरहेकाे जिल्ला प्रहरी कार्यालय इलामलले जनाएको छ ।
त्यस्तै इलाम प्रहरीले फैसला कार्यान्वयनकाे क्रममा अदालत बाट दाेषी प्रमाणित भई ठगी मुद्दा, कर्तब्य ज्यान र हातहतियार खरखजना मुद्दामा फरार प्रतिवादीलाई समेत पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय इलामले जिल्ला इलाम सुर्याेदय नगरपालिका २ बस्ने बर्ष ३२ काे सन्ताेष बस्नेतलाई पक्राउ गरेकाे छ । बस्नेत ठगी मुद्दाका फरार प्रतिवादी हुन् । उनलाई अदालतले २ बर्ष कदै र २० हजार जरिवाना ताेकेकाे थियाे ।
त्यस्तै कर्तव्य ज्यान मुद्दा र हातहतियार खरखजना मुद्दाका फरार प्रतिवादीहरू रहेका इलाम माईजाेगमाई गाउँ पालिका वडा नम्बर २ विष्णु कुमार राई र इलाम सुर्यादय नगरपालिका वडा नम्बर ५ वस्ने माेटेदेवान भन्ने बर्ष ४४ काे हर्कबहादुर लिम्वुलाई समेत पक्राउ गरि ल्याएकाे हाे । उनिहरू दुवैलाई जिल्ला अदालत इलामलले क्रमश : ५ महिना ६ दिन कैद र २० रूपया जरिवाना र ३ महिना कैद र ५ हजार जरिवाना सजाय सुनाईसकेकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार