• ट्रेण्डिङ :

अपराध महाशाखाकाे छापा :ठूलो परिणाममा मिति गुज्रेको स्नेकर, ट्याङ र ओरियो बिस्कुट बरामद

अपराध महाशाखाकाे छापा :ठूलो परिणाममा मिति गुज्रेको स्नेकर, ट्याङ र ओरियो बिस्कुट बरामद

cnewsnepal

बिहिबार, असोज १५ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


१५ असाेज काठमाडौँ  । महानगरीय अपराध महाशाखाले कलंकीस्थित लिंक मार्ग सुनारगाउबाट ठूलो परिणाममा मिति गुर्जेको स्नेकर, ट्याङ र ओरियो बिस्कुट बरामद गरेको छ ।
आइएन डिस्टिब्यूर्टसबाट मिति गुर्जेको सामानलाई स्टिकर टास गर्दै मिति मेटाएर बजार पठाउने सामाग्री बरामद गरिएको महाशाखाका एसएसपी दीपक थापाले बताए ।
वाणिज्य आपूर्ति उपभोक्ता संरक्षण विभाग, जिल्ला प्रशासन कार्यालय र अपराध महाशाखाको टोलीले ५ वटा कोठामा राखिएको सामानको मुचुल्का उठाएर सिल गरिएको छ ।
आइएन डिस्टिब्यूर्टसका सञ्चालक रौनक गोथ्रालाई लाई बाफल र पुस्पा देवी अग्रवाल पुतलीसडकबाट पक्राउ गरिएको एसएसपी थापाले बताए ।
त्यस्तै आइएन डिस्टिब्यूर्टसका स्टोर किपर रौतहटका पप्पु शर्मा, महोत्तरीका श्याम प्रसाद सिंह र रौतहटका मुन्ना ठाकुर पनि पक्राउ परेका छन् ।
प्रहरीले सामानसँगै स्टिकर बनाउने मेसिन समेत बरामद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार