१६ वर्ष पछि कर्तव्य ज्यानका फरार अभियुक्त पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्धामा जल्ला अदालत काठमाण्डौंले कैद तोकिएका फरार प्रतिवादीलाई महानगरी प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।

जिल्ला झापा मेचीनगर नगरपालिका ७ आर्यावारी घर भएका हरि गिरी,सनोज गिरी भन्ने राम कुमार गिरीलाई अपराध महाशाखाले पक्राउ गरेको हो । ३३ बर्षीय गिरीलाई हत्यामा संलग्न रहेको १६ बर्षपछि पक्राउ गरिएको महानगरी प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाले बताए ।

०६१ माघमा जिल्ला चितवन कठार गा.वि.स.वडा नं.(४ घर भै तत्काल का.जि.रानिबारी डेरा गरी बस्ने वर्ष(१८ को जीवन लोहनीले प्रकाश लामाले कानमा लगाएको मुन्द्रा मागेको र प्रकाश लामाले नदिएपछि जीवन लोहनीले प्रकाश लामालाई कुटपिट गरेको निहुँमा सामाखुशीमा जीवन लोहनीको कर्तव्य गरी हत्या गरेको अभियोगमा अदालते उनलाइ कैद सजाय हुने फैसला गरेको थियो ।

हत्यापछि हरि गिरी,सनोज गिरी भन्ने राम कुमार गिरी फरार थिए । फरार गिरीलाई प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका ७ बाट पक्राउ गरि जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराएको छ ।