• ट्रेण्डिङ :

प्रहरीले मध्यविन्दु नगरपालिका शेरीबाट नगद सहित ७ जुवाडे पक्राउ

प्रहरीले मध्यविन्दु नगरपालिका शेरीबाट नगद सहित ७ जुवाडे पक्राउ

cnewsnepal

बुधबार, कार्तिक २६ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


२६ कात्तिक काठमाडौ । प्रहरीले नवलपरासी (बर्दघाट-सुस्ता पुर्व) मध्यविन्दु न.पा. वडा नं. ३ स्थित शेरीबाट नगद सहित ७ जना जुवाडेलाई पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका अनुसार नारायण जंग कार्कीको घरमा निजले जुवा (तास) खेलाएको भन्ने बिशेष सुचना प्राप्त हुना साथ तत्काल जिल्ला प्रहरी कार्यालयबाट खटि गएकाे टाेलीले नगद सहित सात जनालाई पक्राउ गरेकाे हाे ।
प्रहरीले पक्राउ गरेकाे नाम भने सार्वजनिक गरेकाे छैन ।
उनिहरूकाे साथवाट तास सहित नगद रु.४२ हजार १ सय ७० रूपया बरामद गरेकाे छ ।
पक्राउ गरिका सात विरूद्ध मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार