• ट्रेण्डिङ :

स्रोत नखुलेको नेपाली रुपैयाँ सहित कोरियन नागरिक पक्राउ

स्रोत नखुलेको नेपाली रुपैयाँ सहित कोरियन नागरिक पक्राउ

cnewsnepal

मंगलबार, बैशाख १७ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, १७ वैशाख त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नेपाली रुपैयाँ सहित कोरियन नागरिक पक्राउ परेका छन् ।

एम ७४९४०१६० राहदानी नम्बर भएका ४८ वर्षीय जोन हुन किमलाई स्रोत नखुलेको १५ लाख ३१ हजार नेपाली रुपैयाँ सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट वुद्ध एयरको उडानद्वारा बाराको सिमरा जान लागेका उनलाई जाँच गर्ने क्रममा लुकाईछिपाई राखेको उक्त नगद सहित फेला पारी प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जोनलाई थप अनुसन्धान तथा कारबाहीको लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, पुल्चोक पठाइएको प्रहरीले वताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार