• ट्रेण्डिङ :

नेपाल वायुसेवा निगम लाई तत्काल निजीकरणको काम अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश

नेपाल वायुसेवा निगम लाई तत्काल निजीकरणको काम अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश

cnewsnepal

आइतबार, साउन १० २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं । सर्वाेच्च अदालतले नेपाल वायुसेवा निगम (नेवानि) लाई तत्काल निजीकरणको काम अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले नेवानिलाई निजीकरण गर्नेसम्बन्धी कुनै काम अघि नबढाउने अल्पकालीन आदेश जारी गरेको हो ।

सरकारले निगमलाई कम्पनीमा लैजाने भनेपछि त्यसविरुद्धमा सर्वाेच्चमा रिट निवेदन परेको थियो । आइतबार उक्त रिटको सुनुवाइ गर्दै सर्वाेच्चले अल्पकालीन आदेश जारी गरेको हो ।

न्यायाधीश रेग्मीको इजलासले साउन २५ गतेका लागि मुद्धाको पेसी तोक्दै यसबीचमा निजीकरणसम्बन्धि कुनै निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले निगमलाई कम्पनीमा रुपान्तरण गर्ने कार्यविरुद्ध सर्वाेच्चमा मुद्धा दायर गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार