• ट्रेण्डिङ :

कटुवा पेस्तोल सहित ३ जना पक्राउ

कटुवा पेस्तोल सहित ३ जना पक्राउ

cnewsnepal

सोमबार, साउन ११ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


पर्सा, ११ साउन । वीरगंज महानगरपालिका-१५ लक्ष्मणवा चोकस्थित होटलबाट १ थान कटुवा पेस्तोल
सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-२५ सिर्सिया बस्ने २२ वर्षीय अनिल पटेल,
सोही ठाउँ बस्ने २० वर्षीय रकि पटेल र पोखरिया नगरपालिका-२ बस्ने २० वर्षीय विक्रान्ता
पटेल रहेका छन् ।

उक्त होटेलमा अनटेष्ट लेखेको मोटरसाइकल र प्रदेश २-०३-०१३ प २०९७ नम्बरको मोटटरसाइकलमा आएका व्यक्तिहरुले कटुवा पेस्तोल बोकी खाजा खाईरहेको भन्ने विशेष सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले तलासी गर्दा
अनिलको साथबाट उक्त पेस्तोल फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला प्रहरी कार्यालय पर्साबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार