• ट्रेण्डिङ :

गाडेपानी भिरबाट लडेर एकको  मृत्यु

गाडेपानी भिरबाट लडेर एकको  मृत्यु

cnewsnepal

सोमबार, साउन ११ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


नुवाकोट, ११ साउन । नुवाकोटमा भिरबाट लडेर एक महिलाको  मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार तादी गाउँपालिका-६ स्थित गाडेपानी भिरबाट लडेर सोही ठाउँस्थित होर्सन चौर बस्ने
१७ वर्षीया सरिता तामाङको आइतबार दिउँसो मृत्यु भएको हो  ।

बाख्रा चराउन जाने क्रममा अचानक चिप्लिएर करिब ५ सय मिटर तल लड्दा उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले बताएको छ    ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार