• ट्रेण्डिङ :

कैलालीबाट ६ केजी अवैध लागूऔषध चरेश सहित दुई पक्राउ

कैलालीबाट ६ केजी अवैध लागूऔषध चरेश सहित दुई पक्राउ

cnewsnepal

मंगलबार, साउन १२ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


१२ साउन  कैलाली । कैलाली, गौरीगंगा नगरपालिका–८ गिदनियाबाट करिब ६ केजी अवैध लागूऔषध चरेश सहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–११ शिवपुर बस्ने ४० वर्षीय गोरख भन्ने गोरे धामी रगोदावरी नगरपालिका–६ बस्ने ३५ वर्षीय धन बहादुर धामी रहेका छन् ।

सूदुरपश्चिम प्रदेश प्रहरी कार्यालय अनुसन्धान ब्यूरो धनगढीबाट खटिएको प्रहरीले पैदलयात्री धामीलाई शंका लागि जाँच गर्दा
उनले बोकेको झोलाबाट उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

 

थप अनुसन्धानको क्रममा उक्त लागूऔषध गोदावरी नगरपालिका–६ बस्ने ३५ वर्षीय धन बहादुर धामीको भन्ने खुल्न
आएपश्चात उनलाई समेत प्रहरीले पक्राउ गरेको थियो । साथै धनबहादुरको साथबाट नगद १ लाख २० हजार रूपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार