पर्सा, पटेर्वासुगौली गाउँपालिका–४ पटेर्वाटोलबाट २७ केजी अवैध लागूऔषध गाँजा सोमबार राति प्रहरीले बरामद गरेको छ ।
लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोली देख्नासाथ २ जना पुरुषले साथमा बोकी ल्याएका २ वटा बोरा फाली भागी फरार भएपश्चात बोरामा रहेको परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिई फरार रहेका व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार