• ट्रेण्डिङ :

हात्तीको दाह्रासहित बाराबाट तीन जना पक्राउ

हात्तीको दाह्रासहित बाराबाट तीन जना पक्राउ

cnewsnepal

मंगलबार, साउन १२ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


बारा प्रहरीले हात्तीको दाह्रासहित तीन जनालाई पक्राउ गरेको छ।

जितपुरसिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगन्ज बजारबाटअवस्थामा ३ फिट ८ ईन्च लामो, १ फिट गोलाई ८ किलो ४४०
ग्राम वजन  भएको एक थान हात्तीको दाह्रासहित सोमबार साँझ तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा निजगढ नगरपालिका-११ रतनपुर बस्ने ३४ वर्षीय सूर्यप्रताप तामाङ बारा निजगढ न.पा वडा न.११ बस्ने ३५ वर्षीय दिल बहादुर घलान,जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा वडा न.१३ पदमपोखरीका ३४ वर्षीय सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाकका प्रवक्ता, प्र.ना.उ. गौतम मिश्रले बताए ।


हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना५०प १२२७ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बोराभित्र लुकाई ल्याएको उक्त दाह्रा फेला पारेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार