काठमाडौं । कञ्चनपुुर जिल्लाको भिमदत्त नगरपालिका १२ घाटस्थित सीमा ईलाकाबाट साउन १५
गते सशस्त्र प्रहरीले करीब ६ लाख ३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको १५
बोरा बिडी र १ बोरा प्लाष्टिक बरामद गरेको छ ।
भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाईएको छ । यसैगरी सिरहा जिल्लाको सिरहा नगरपालिका १५ बधौरास्थित सीमा ईलाकाबाट साउन १५ गते सशस्त्र प्रहरीले करीब १ लाख ४ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको श्रृङ्गारको सामान बरामद गरेको छ ।
भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त श्रृङ्गारको सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय सिरहामा बुझाईएको छ ।विभिन्न किसिमका औषधि सशस्त्र प्रहरीद्धारा बरामदः–
कपिलवस्तु, कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिका ७ सिमरीस्थित सीमा ईलाकाबाट साउन १५ गते सशस्त्र प्रहरीले करीब २ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधि बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त औषधि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मर्यादापुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो।बरामद औषधि भन्सार कार्यालय सुठौली कपिलबस्तुमा बुझाईएको छ ।