• ट्रेण्डिङ :

अवैध लागूऔषध कोकिन सहित ९ जना पक्राउ

अवैध लागूऔषध कोकिन सहित ९ जना पक्राउ

cnewsnepal

सोमबार, साउन १८ २०७८
पढ्न लाग्ने समय: < ३ मिनेट


१८ साउन, काठमाडौं । प्रहरीले अवैध लागू औषध कोकिन र सुनसहित ९ जनालाई पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरवाट खटिएको प्रहरी टोलीले १ के.जी ५१२ ग्राम कोकिन र २ किलो ४ सय ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भरतपूर महानगरपालिका-७ प्रेमबस्तीबाट गोरखा बारपाक सुलिकोट गाउँपालिका ५ घर भइ हाल काठमाडौं महानगरपालिका-३ रानीबारी बस्‍दै आएका ४५ वर्षीया सुरोज गुरुङ, काठमाडौं महानगरपालिका-३ रानीबारी बस्‍दै आएकी ४३ वर्षीया अन्जु थापा मगर, काठमाडौं महानगरपालिका-३ रानीबारी बस्‍दै आएकी ३९ वर्षीया मुना तामाङ, रानीबारी नै बस्‍दै आएकी २८ वर्षीय रक्की आले मगर र रानीबारी नै बस्‍दै आएका २३ वर्षीया रायल थापा मगर रहेका छन् ।

प्रहरीले सुरोज गुरुङको साथबाट लागू औषध कोकिन ६८३ ग्राम, नगद रू.३ हजार ५७५ र डिजिटल तराजु थान १ बरामद गरेको छ भने अन्जु थापा मगरको साथबाट लागू औषध कोकिन ३२९ ग्राम र नगद ७ लाख ५० हजार नगद बरामद गरेको छ ।यस्तै प्रहरीले टोखा नगरपालिका ८ जालपा चोकबाट भारत दक्षिण गोवा नग्गारवडा भोमा घर भएका ३९ वर्षीया न्दिप पटेललाई डिजिटल तराजुसहित पक्राउ गरेको छ । यस्तै निलकण्ठ नगरपालिका-११ बस्ने २७ वर्षीय मिराज ढकाल, काठमाडौं महानगरपालिका-२३ झोछटेबाट ४९ वर्षीय सुदन शाक्‍य र कोटेश्वरबाट नीलकण्ड नगरपालिका-११ बस्‍ने २७ वर्षीय मछिन्द्र धमलालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ मध्ये सुरोजलाई साउन १० गते चितवन भरतपुर महानगरपालिका-७ प्रेमवस्तीबाट पक्राउ गरी काठमाडौं तारकेश्वर नगरपालिका-८ गौरीगाउँबाट ६ सय ८३ ग्राम अवैध लागूऔषध कोकिन, नगद ३ हजार ५ सय ७५ रुपैयाँ र १ थान डिजिटल तराजु बरामद गरेको थियो भने अन्जुलाई साउन १० गते काठमाडौं रानीबारीबाट ३ सय २९ ग्राम अवैध
लागूऔषध कोकिन र नगद ७ लाख ५० हजार रुपैयाँ सहित पक्राउ गरेको हो । साथै काठमाडौं रानीबारीबाट मुना, रक्की, रायललाई साउन १० गते, काठमाडौं टोखा नगरपालिका-८ जालपा चोकबाट सन्दिपलाई १ थान डिजिटल तराजु सहित साउन ११ गते, काठमाडौं महानगरपालिका-२६ गल्कोपाखाबाट मिराजलाई साउन ११ गते, काठमाडौं महानगरपालिका-२३ झोंछेबाटसुदनलाई नगद ३५ हाजर रुपैयाँ सहित साउन १३ गते र काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट मछिन्द्रलाई साउन १४ गते पक्राउ गरेको हो ।

यस अघि लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले साउन ७ गते काठमाडौं महानगरपालिका-१६ पकनाजोलस्थित होटलमा अवैध लागूऔषध कोकिनको कारोबारमा संलग्न ४ जनालाई ५ सय ग्राम अवैध लागूऔषध कोकिन र २ केजी ४ सय ग्राम सुन जस्तो देखिने धातु सहित पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिहरुसँग सोधपुछ तथा अनुसन्धानको क्रममा उक्त लागूऔषधको कारोबारमा संलग्न ९ जनालाई समेत पक्राउ गरिएको उक्त ब्यूरोले
जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई लागू औषध (नियन्त्रण) ऐन २०३३ अन्तरर्गत म्याद लिई थप बिस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार