• ट्रेण्डिङ :

बैंकिङ कसुरमा ३९ लाख जरिवाना तोकिएका व्यक्ति केन्द्रीय अनुसन्धान ब्यूरो फन्दामा

बैंकिङ कसुरमा ३९ लाख जरिवाना तोकिएका व्यक्ति केन्द्रीय अनुसन्धान ब्यूरो फन्दामा

cnewsnepal

मंगलबार, साउन १९ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


१९ साउन, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको चक्रपथबाट पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रवक्ता एवंम सूचना अधिकारी  प्रहरी उपरीक्षक श्याम कुमार महतोका अनुसार  पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-३ पन्चकन्या मार्गका ६२ वर्षीय ठाकुर प्रताप थापा रहेका छन् ।

उच्च अदालत पाटनको २०७६ साल भदौ ३ गतेको फैसलाले थापालाई ३९ लाख ९६ हजार ४ सय रुपैया जरिवाना सुनाएको थियो ।

थापाले २०७६ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्या देव विकास बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ३९ लाख रुपैयाँ बराबरको चेक काटेर दिएका थिए ।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार