• ट्रेण्डिङ :

मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

मोटरसाइकल चोरी गरेको अभियोगमा २ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

cnewsnepal

बिहिबार, साउन २१ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


 २१श्रावण काठमाडौँ । काठमाण्डौ टोखा नगरपालिका धनेश्‍वरबाट हराएको प्रदेश ३(०२(००२ प ४८०३ नम्बरको मोटरसाईकल चोरी गरेको अभियोगमा २ जनालाई विहिबार ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोट सुर्यगडी गाउँपालिका ( ४ घर भई हाल काठमाण्डौ बनस्थलि बस्ने वर्ष २४ का संजय तामाङ्ग र जिल्ला नुवाकोट तादी गाउँपालिका ( ६ घर भई हाल काठमाण्डौ तारकेश्‍वर ( ६ बस्ने वर्ष ३२ का बुद्धि बहादुर तामाङ् रहेका छन् ।

यी दुवैलाई ट्राफिक प्रहरीले काठमाण्डौ तारकेश्‍वर ( ६ धर्मस्थलीबाट बा ८९ प ७९६९ नम्वरको कालो, रातो रंङको २२० सी।सी।को पल्सार मोटरसाईकल शंकास्पद रूपमा चलाईरहेको अवस्थामा फेलापारी चेक जाँच गरी बुझ्दा उक्त च्यासिस तथा ईन्जिन नम्वर भएको मोटरसाईकलको वास्तविक नं। प्रदेश ३(०२(००२ प ४८०३ खुल्न आएको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताउनु भयो ।

चोरीमा संलग्नहरुलाई पक्राउ गर्न महाशाखाले सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालित गरी निरन्तर सुचना संकलन र निग्रानी पश्चात नम्वर परिवर्तन गरी मोटरसाईकल चलाईरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको उहाँले बताउनुभयो । उक्त मोटरसाइकल यही श्रावण १३ गते टोखा नगरपालिका धनेश्‍वरबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि रसुवा नौकुण्ड गाउँपालिका ( ६ घर भएका बर्ष २१ को राममान तामाङ्गले निबेदन यस महाशाखामा दिएका थिए ।

पक्राउ परेको मोटरसाईकल सहित दुवै जनालाई थप अनुसन्धान एवं कानुनी कारबाहीको लागी प्रहरी बृत्त, महाराजगंजमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार