काठमाडौँ – नेपाल प्रहरीले कम्बोडिया पठाई दिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।
प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले भिजिट भिषामा कम्बोडिया पठाउने भनी ठगी गर्ने काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–१ का २८ वर्षीय मीनध्वज भन्ने विचारमान मोक्तानलाई नयाँबानेश्वरबाट पक्राउ गरेको महाशाखाका एसपी कृष्ण पंगेनीले बताए ।
पंगेनीका अनुसार पक्राउ परेका मोक्तानले कम्बोडियाको क्यासिनोमा गार्डमा काम लगाई दिने भन्दै प्रतिव्यक्ति रु ६ लाख ५० हजार लिएर ठगी गरेको उनकाे भनाई छ । उनले ६ जना व्यक्तिलाई ठगी गरेको बताइएको छ । पक्राउ परेका मोक्तानलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार