• ट्रेण्डिङ :

काठमाडौं थलीबाट गाँजासहित एकजना पक्राउ

काठमाडौं थलीबाट गाँजासहित एकजना पक्राउ

cnewsnepal

मंगलबार, भाद्र १ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


१ भदौ,काठमाडौ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीबाट प्रहरीले १८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

सर्लाहीको हरिवन नगरपालिका–९ घर भएका ४२ वर्षीय संजिव राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी अशाेक सिंहले सिन्युज नेपाललाई बताए ।

थली स्थित मिलनचोकमा डेरामा बस्ने राईले लागु औषध गाँजाको कारोबार गरेको सुराकको आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट खटिएको टोलीले सोमबार उनलाई पक्रेको हो ।

उनीमाथि वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार