सर्लाहीमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको मलंगवा नगरपालिका –११ ठुलो पल्सी बस्ने ३० वर्षीय समसुद्दिन अन्सारीलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी सन्ताेष सिंह राठाैरले अन्सारी र उनकै दाजुबीच वादविवाद भैरहेका अवस्थामा अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्प र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले समसुद्दिनलाई पक्राउ गरेको बताए ।
एसपी राठाैरका अनुसार पक्राउ परेका अन्सारीमाथि प्रहरीले थप अनुसन्धान भैरहेको बताए । उनले भने पक्राउ परेका अन्सारीलाई हातहतियार तथा खरखजनामा म्याद थप गर्छाै ।
प्रतिक्रिया
सम्बन्धित समाचार