त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अवैध रुपमा सुन संकलन गर्ने व्यक्ति पक्राउ

काठमाडौं, २४ वैशाख
अवैध सुन सहित प्रहरीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अन्तर्रा्ष्ट्रिय आगमनको पार्किङ एरियाबाट एक जनालाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अन्तर्रा्ष्ट्रिय आगमनको पार्किङ एरियाबाट मोरङ पथरी शनिश्चरे नगरपालिका २ का बाल कुमार मगरलाई करिब १० लाख १५ हजार ९९ रुपैयाँ बराबरको १ सय ९९ ग्राम सुनका बाला ४ थान सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा अवैध रुपमा सुन संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले मगरलाई पक्राउ गरेको जनाएको छ । उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर पठाइएको छ ।