१३ भदौ ,काठमाडौं । प्रहरीले भन्सार छलि ल्याएकाे बेवारिसे कपडा नागढुङ्गाबाट बरामद गरेकाे छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चन्द्रागिरी नगरपालिका वडा नं.२ स्थित नागढुङ्गा चेक प्वाईन्टमा नेपालगंजबाट काठमाण्डौ तर्फ आउदै गरेको प्रदेश नं.३-०१-००६ ख ०९८२ नं. को यात्रु बाहक बसलाई चेक जाचँ गर्ने क्रममा उक्त बसको प्यासेजमा पलाष्टिकको बोरामा बिल नभएको बेवारीसे कपडा फेला पारेकाे हाे ।
थानकोट बृत्तका प्रमुख डिएसपी माेहनबहादुर खाँणका अनुसार थानको साडि ७ (सात) रोल अन्दाजी मुल्य रु ७० हजार) थानको साडी ७ (सात) रोल बरामद गरी अबश्यक अनुसन्धान भईरहेको बताए ।
प्रतिक्रिया
सम्बन्धित समाचार