• ट्रेण्डिङ :

काठमाडौं नाकामा समातिए चरेससहित श्रीमान – श्रीमती

काठमाडौं नाकामा समातिए चरेससहित श्रीमान – श्रीमती

cnewsnepal

आइतबार, भाद्र १३ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


१३ भदौ,काठमाडौं । प्रहरीले नागढुङ्गा नाकाबाट चरेस सहित श्रीमान श्रीमतीलाई पक्राउ गरेकाे छ ।

चन्द्रागिरी नगरपालिका वडा नं.२ स्थित नागढुङ्गा चेक प्वाईन्टमा चेकजाँचको क्रममा चरेससहित दुई जनालाई पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी माेहन खाँणले
रसुवाबाट काठमाण्डौ तर्फ आउदै गरेको ना १ ज ६६१९ नं. को यात्रु बाहक टाटासुमोबाट चरेस सहित एक महिलालाई पहिले पक्राउ गरिएको बताए ।

टाटासुमाेकाे अगाडिको सिटमा सवार जिल्ला रसुवा गोसाईकुण्ड गाँउपालिका वडा नं. ५ स्याफु बस्ने बर्ष २८ की रुपा शेर्पा छिन् ।

प्रहरीले शंका लागी खानतलासी गर्दा शेर्पाकाे साथमा लिई आएको कालो रंगको झोला चेक जाँच गर्दा उक्त झोला भित्र कपडामा बेरी लुकाई छिपाई गरी लिई आएको अवस्थामा प्रतिवन्धीत लागु औषध चरेश १ किलो ७०० ग्राम फेला परेकाे छ ।

डिएसपी खाँणले भने,” झोला भित्रका लागु औषध सहितका सम्पुर्ण सर सामान मेरो श्रीमान बर्ष ३६ को पाराङवा तामाङले गाडीमा हाली पठाएको र मेरो श्रीमान म भन्दा पछाडी आफ्नै स्कुटरमा आउदै हुनुहुन्छ बरामद लागु औषधको बारेमा उहाँलाई थाहा छ भनी बताएकी थिईन हामीले साेही अाधारमा निजको श्रीमान पाराङवा तामाङलाई प्रदेश ३-०२-०१४ प ६२१९ नम्बरको स्कुटरमा काठमाण्डौ ‍तर्फ आउदै गरेको अवस्थामा पक्राउ गरेका छाै ।”

प्रहरीका अनुसार फेला पारी रित पुर्वक उक्त प्रदेश ३-०२-०१४ प ६२१९ नम्बरको स्कुटर तथा लागु औषध बरामद गरी दुबै जनालाई महानगरीय प्रहरी बृत थानकोटमा राखिएको छ ।

उनिहरूलाई जिल्ला अदातल काठमाण्डौ म्याद थप गरि थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार