• ट्रेण्डिङ :

अवैध मुद्रा सहित  चिनियाँ नागरिक  पक्राउ 

अवैध मुद्रा सहित  चिनियाँ नागरिक  पक्राउ 

cnewsnepal

बिहिबार, बैशाख २६ २०७६
पढ्न लाग्ने समय: < १ मिनेट


 काठमाडौं, २६ वैशाख  त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट अवैध मुद्रा सहित एक जना चिनियाँ नागरिकलाई प्रहरीले  पक्राउ  गरेको छ ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट जाने क्रममा राहदानी नम्बर इए ४२५६७४८ वाहक चिनिया नागरिक ४९ वर्षीया वाङ चुनयानलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको बिभिन्न मुलुकका मुद्रा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट नेपाली रुपैयाँ १ लाख, अमेरिकी डलर १३ हजार २०, भारतीय रुपैयाँ ८ हजार ३ सय र चाइनिज युयान १ हजार बरामद भएको प्रहरीले जनाएको छ ।

एयर चाइनाको उडानद्वारा चीनको चेङ्गडुतर्फ जान लागेकी उनलाई विमानस्थलको अन्तर्रा्ष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उक्त मुद्रा सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकी उनलाई बरामद मुद्रा सहित आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको अन्तर्रा्ष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार