आफ्नै जेठाजुले गरे वुहारीको हत्या

ललितपुर, २६ वैशाख    आफ्नै जेठाजुले वुहारीको हत्याको अभियोगमा आफ्नै जेठाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका(२६ ढोलाहिटी बस्ने २५ वर्षीया अञ्जना लामा महतलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मृतकका आफ्नै जेठाजु ३५ वर्षीय उज्वल महतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उज्वलले धारिलो हतियार खुकुरी प्रहार गर्दा अञ्जना लामाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उज्वललाई पक्राउ गरिसको प्रहरीले जनाएको छ ।