ज्यान मार्ने उद्योग मुद्दाका दुई अभियुत पक्राउ

नुवाकाेट २८ वैशाख

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको छ।

२०७५ साल माघ ५ गते नुवाकोट किस्पाङ ४ ठुलाे गाउँ एक जनालाई ज्यान मार्ने उद्योगमा धरिलो हतियार प्रहारी गरेको आरोपमा प्रहरीको खोजीको सूचीमा रहेको दुई जनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट किस्पाङ ४ ठुलाे गाउँ बस्ने बर्ष २५ काे याेगेश तामाङ र साेहि स्थान बस्ने बर्ष ३१ काे चन्द्र तामाङ लाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले नुवाकोट किस्पाङ ४ ठुलाे गाउँ बस्ने बर्ष ३१ काे दिलिप तामाङलाई धारिलो हतियार प्रहार गरी टाउँको, सोको पछाडि र पिठ्यूमा समेत काटी सख्त घाइते बनाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताए ।

सोही स्थानका मेघ बहादुर तामाङकाे जाहेरीको आधारमा याेगेश तामाङ र चन्द तामाङलाई पक्राउ गरे पनि सोही मुद्दामा

१ जना चन्द्र तामाङ भने प्रतिवादी फरार रहेकाे नुवाकोट प्रमुख प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिए।

स्थानीय स्थानीय विचकाे झगडाकाे क्रममा हतियार र खुकुरी लिई सांघातिक आक्रमण गरी फरार रहेकोमा प्रहरीको विशेष सुराकीको आधारमा ४ महिला पछि पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिए।