• ट्रेण्डिङ :

चाेरीकाे मोटरसाइकल सहित एक पक्राउ

चाेरीकाे मोटरसाइकल सहित एक पक्राउ

cnewsnepal

बिहिबार, भाद्र १७ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


प्रहरीले चाेरीकाे माेटरसाइकल सिहत एक जनालाइ पक्राउ गरेकाे छ ।

जिल्ला बाराप्रसौनी गा.पा. वडा नं.४ खुटवा टोल स्थित महबुब मियाँ अंसारीको घरको बरण्डामा राखिएको ना ३६ प ३०२५ नम्बरको सि बि साइन मोटरसाइकल चोरी भएको थियाे  ।

उक्त खवर पाउन साथ इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा प्रसौनी गा.पा. वडा नं.१ स्थित शिव पार्वती धर्मकट्टा नजिक चेकजाँच गर्ने क्रममा जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं.१ बस्ने  वर्ष २२ को सुरज रामलाई उक्त चोरी भएको मोटरसाइकल सहित पक्राउ गरेको हाे ।

प्रहरीले  कार्यालय मातहत प्रहरी इकाइहरूलाई जिल्ला बाहिर जाने नाका समेत सिल गरी चोरी भएको मोटरसाइकल तथा चोरी गर्ने व्यक्ति समेतलाई नियन्त्रणमा लिन भनी दिएको निर्देशनबमोजिम चाेर सहित माेटरसाइकल फेला गरेकाे जनाएकाे छ ।

सुरज रामलाई चोरी मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसनधान भइरहेको जनाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार