• ट्रेण्डिङ :

अपराध महाशाखाकाे टाेलीले सल्लाघारीबाट १२ हजार ९ सय थान लागूऔषध बरामद

अपराध महाशाखाकाे टाेलीले सल्लाघारीबाट १२ हजार ९ सय थान लागूऔषध बरामद

cnewsnepal

मंगलबार, भाद्र २३ २०७७
पढ्न लाग्ने समय: < १ मिनेट


२३ भदौ, काठमाडौं । नेपाल प्रहरीको अपराध महाशाखाले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
ना ३ ख ९०८९ नम्बरको ट्रकसहित वीरगञ्जबाट ट्रकमा आएकाहरु भक्तपुरबाट पक्राउ परेका हुन् ।
भक्तपुरको सल्लाघारीबाट प्रहरीले १२ हजार ९ सय थान लागूऔषध बरामद गरेको जनाएको छ । महानगरीय अपराध महाशाखाले सो लागूऔषध ओसारपसारमा संलग्न तीन जनालाई पक्राउ गरेको महाशाखाका एसएसपी दिपक थापाले बताए ।     
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३७ वर्षीय डम्बरबहादुर प्रधान र ३६ वर्षीय विष्णु प्रधान, जि.सिन्धुपाल्चोक, भोटेकोशी गा.पा.वडा नं.०५ का ३२ वर्षीय शंंकर खड्का रहेका छन्  ।                                                              डाईजापाम – २९५० एम्पुल,नाईट्रोभेट – ३००० एम्पुल,Promathazine – २९५० एम्पुल, Buprenorphine – १५०० एम्पुल, नाेेेेफिन  १४०० एम्पुल प्रहरीले बरामद गरेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार